इन्भेष्टमेण्ट बैंकद्वारा जेबिल्स फाईनान्स गाभ्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 03:31:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्नको लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार आयोजित विशेष साधारण सभा मार्फत फाईनान्सको रु १०० को एक शेयर बराबर रु ३३ प्रदान गर्ने प्रस्ताब पारित भएको हो । 

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूंजी रु १२.५९ अर्ब र जेबिल्स फाईनान्सको चुक्ता पूंजी रु ०.८४ अर्ब  रहेको छ । जेबिल्स फाईनान्सलाइ प्राप्तिपछि एनआईबिएलको चुक्ता पूंर्जी रु १२.८७ अर्ब पुग्नेछ भने कुल निक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्ने छ र कूल कर्जा १ सय ३२ अर्ब  रहने छ । प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ ।

जेबिल्स फाईनान्स लि।को प्राप्तिपछि पनि एनआईबिएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ ।

बैंकले ८० वटा शाखा, ११२ वटा एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र तथा ४९ वटा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरुलाइ सेवा दिइरहेको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved