युएइको बैंकिङ्ग इन्सटिच्युटले एनबीआईसँग सहकार्य गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 08:32:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्टिच्यूट (एनबीआई) र इमिरेट्स इन्सच्यिुट फर बैंकिङ एण्ड फाइनान्सियल स्टडिज  बीच तालिम, शिक्षा तथा अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ  ।

२३ जुनमा इआइबिएफएसको कार्यलयमा भएको समझदारिमा दुबै संस्थाबिच रणनितिक सम्बन्ध कायम गर्दै बैंक तथा वित्तीय संस्थाहरुका लागि आयोजना गरिने सभा, सम्मेलन, गोष्ठी तथा सामुहिक छलफल जस्ता कार्यक्रमहरुलाइ प्रभावकारी बनाउनको लागि तालिम तथा सिकाईको थप अवसरहरु सिर्जना गर्ने सहमति भएको ।

उक्त समझदारी पत्रमा नेशनल बैंकिङ्ग ईन्टिच्यूटका प्रमूख कार्यकारी अधिकृत सञ्जीब सुब्बा र इआइबिएफएसका महाप्रबन्धक जमल अह्मेद अल जस्मीले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved