सनराइज बैंकका २ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 04:03:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले सोलुखुम्बुको लिखुपिकेस्थित किन्जामा र रामेछाप गोकुलगङ्गास्थित शिवालयमा शाखा संचालनमा ल्याएको छ । किन्जा शाखाको लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेत र शिवालय शाखाको गोकूलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले उद्घाटन गरे । 

योसँगै बैंकको शाखा संख्या १०९ पुगेको छ । बैंकले ३५ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved