एनआईसी एशियाका ग्राहकलाई सीपी हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 03:49:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया NIC Asia Bank Limited बैंकका ग्राहकले सी.पी. हस्पिटल धनगढीमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सम्झौता भएपछि डेबिट एवं क्रेडिट कार्ड लिएका तथा बैंकका सबै ग्राहकले उपचार सेवामा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र हस्पिटलको तर्फबाट प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल २८४ शाखा, २९४ वटा एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved