एनसीएचएलको अध्यक्षमा शाक्य, एससिटिबाट को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 08:18:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले १२८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन् । साथै बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजि (एससीटी) की निर्देशक कुशुम लामालाई निर्देशक नियूत्त गरेको छ । 

क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवर्धित कम्पनी हो । 

हालसम्म यसमा सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढि संस्थाहरु अप्रत्यक्ष/टेक्निकल सदस्यका रुपमा आबद्ध रहेका छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved