७ दिनभित्र मर्जरको लागि पार्टनर खोज्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 12:02:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंक हरुलाई बिग मर्जरको लागि तयार रहन निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज बाणिज्य बैंकका सीइओ र अध्यक्षलाइ डाकेर बिग मर्जरको लागि तयार रहन निर्देशन दिएको हो ।

याक एण्ड यति होटेलमा आयोजित छलफलमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकहरुको अवस्थाको बारेमा पृजेन्टेसन गरेको थियो । त्यसपछि गभर्नर नेपालले बोल्दै मौद्रिक नीति अगाडी नै मर्जरको पार्टन खोज्न निर्देशन दिएका थिए । राष्ट्र बैंकले मौद्रिक नीति अगाडी नै बैंकहरुबाट मर्जरको लागि कमिटमेन्ट माग गरेको हो । छलफलमा गभर्नरले मर्जमा जानेको लागि सहुलियत र छुटहरु दिन तयार रहेको पनि अवगत गराएका थिए । यदि बैंकहरुले मर्जरको लागि पार्टनर खोज्न आलटाले गरे फोर्स मर्जरको नीति आउने आशय सहीतको मन्तब्य राखेर बाहीरएको  एक बैंकका अध्यक्षले बताए ।

डेपुटी गभर्नरले बैंकहरुलाई सात दिनको समय रहेको भन्दै सात दिन भित्र पार्टर खोजेर राष्ट्रलाई पठाउन निर्देशन दिएको र यदी त्यस्तो नएमा राष्ट्र बैंकले नै मर्जको लागि बैंक तोकीदिने उल्लेख गरेको उनेल बताए । 

ब्रैंकहरु भने राष्ट्र बैंकले भनेजस्तो १ सातामै कर्जको लागि पार्टनर खोज्न सम्धव नरहेको बताउँछन् । मर्जर केटाकेटीको खेल नभएको भन्दै पयार्एप्ट छलफल र तयारी बीना मर्जमा जाँदा सर्वसाधारणको बचतर र हजारको रोजगारी जोखिममा पर्ने उनको भनाई थियो । बैंकहरुको मर्जर आवाश्यक रहेको तर राष्ट्र बैंकले भनेजस्तो तत्कालै मर्जको पार्टनर खोज्न सम्भव नरहेकोले तयसको लागि केही समय चाहीने उनको भनाई छ । 

छलफलमा  बैंकका अध्यक्षहरुका तर्फबाट नेपाल बैंक, कृषि विकास बैंक, नविल बैंक, मेगा बैंक, हिमालयन बैंक र सिद्दार्थ बैंकका अध्यक्षले बोलेका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिअघि सरोकारवालाहरुसँग छलफल गरेकोमा खुसी ब्यक्त गरे । यस्तै सिइओहरुको तर्फबाट बैंकर्स संघका अध्यक्षले आफ्नो भनाई राख्दै बैंकहरुलाई स्वेच्छिक मर्जरको लागि पा्रत्सहान गर्न सहुलीयत र छलफलको लागि समय दिनुपर्ने बताएका स्रोतले जनााएको छ ।

राष्ट्र बैंकले आज नै विकास बैंकका सीइओ तथा संचालकहरुलाई पनि छलफलमा बोलाएको छ । साथै बेलुका ४ बजे लघुवित्तका सीइओ र संचालकहरुसंग पनि राष्ट्र बैंकले छलफल गर्दै छ । राष्ट्र बैंकले बैंक त्तहा वित्तीय संस्थाको मर्जरको बारे छलफल गर्न सीइओ र संचालकलाई डाकेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved