प्रभु बैंकले ५ देशमा सम्पर्क कार्यालय खोल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 09:52:31 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले बिदेशमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ । सहमतिपछि बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा कार्यलय खोल्न पाउने भएको हो ।

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क कार्यालय खोल्न स्वीकृति लिनुपर्नेछ । स्वीकृति प्राप्त गरेपछि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क कार्यालयहरुबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्न पाउनेछ । 

बैंकले हाल १८६ शाखा कार्यालय, १३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रवाह गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved