कामना सेवाको लाभांस पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 07:28:59 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकको बाह्रौ वार्षिक साधारण सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको साधारण सभाले १.५ प्रतिशत लाभांस वितरण गर्ने सम्बन्धी प्रस्ताब पारित गरेको छ ।

काठमाडौं डिल्लीबजार स्थित अमृत भोगमा भएको साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु. २,५०,२६,५५,५१९.२३ को ८ प्रतिशतका दरले हुन आउने रकम रु। २०,०२,१२,४४१.५४ नगद लाभाँश र १.५ प्रतिशतले हुने रकम रु. ३,७५,३९,८३२.७९ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभामा सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/०७५को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७५/०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए । 

बैंकले हाल ९१ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved