ग्लोबल आइएमई बैंकले मनायो धान दिवस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 05:29:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले १६औँ राष्ट्रिय धान दिवस मनाएको छ । बैंकले राजधानीको टोखा नगरपालिका वडा नं. १ स्थित झोर महांकालमा रोपाइ गरी धान दिवस मनाएको हो । 

बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थितीे रहेको रोपाइमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले धान रोपाइ र यसको महत्व बारे प्रकाश पारेका थिए । 

बैंकले दिवसको अबसर पारेर धापासीस्थित शाखा कार्यालयबाट झोरसम्म साइकलयात्राको आयोजना गरेको थियो । साइकलयात्रामा करिब ५ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो । 

साथै बैंकले झोरमै रहेको शाखारहित बैंकिङ सेवाका सञ्चालक राम शरण दुलाललाई सम्मान गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved