दलित छात्रालाई मेगा बैंकद्वारा शैक्षिक सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 04:24:38 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थलीस्थित मेगा बैंकको शाखाले मन्थली मा.वि.मा अध्ययनरत दलित छात्रालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ६ मा अध्ययनरत दलित छात्रा रोलिना बसेललाई स्कुल ब्याग, कापी, पेन्सिल, डट्पेन लगायतका शैक्षिक सामग्री सहयोग गरेको हो । 

विद्यालयका उप–प्रधानाध्यापक पेशल कुमार आचार्यको उपस्थितीमा बैंकका शाखा प्रबन्धक पुस्कर लामिछाने लगायत कर्मचारीको हातबाट शैक्षिक सामग्री प्रदान गरिएको बैंकको मन्थली शाखाले जनाएको छ । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका उप–प्रधानाध्यापक आचार्यले बैंकले गरेको सहयोगले निम्न आय स्तर भएका समुदायलाई शिक्षाको पहुँचमा ल्याउन सहयोग पुग्ने बताए । उनले देशका सबै नागरिकलाई साक्षर बनाउने अभिायनमा बैंक लागेको भन्दै प्रशंसा पनि गरेका छन् । 



शाखा प्रमुख लामिछानेले छात्राको उज्जवल भविष्यको कामना गर्दै बैंकले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्दै जाने बताए । बैंकले कक्षा १२ सम्म अध्ययनका लागि वार्षिक ८ हजारको अनुपातमा सहयोग गर्ने छ ।

छात्राकी अभिभावक लिला बसेलले बैंकको सहयोगले आफू खुशी भएको बताईन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved