जनता बैंकको एकैसाथ ६ शाखा सन्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 05:01:50 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले एकैसाथ ६ वटा शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । 

बैंकले उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट तथा उपत्यका बाहिर बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा शाखा बिस्तार गरेको छ। उक्त शाखाबाट ग्राहकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा सहज र सरल रुपमा प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकले हाल १४१ वटा शाखा, ५० वटा शाखा रहित बैंकिङ्ग इकाई, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०५ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved