अर्थमन्त्री नै भन्छन 'मलाई त अझै अनलाइन कारोबारमा आत्मविश्वास छैन, अरुको के होला ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 09:05:44 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले आफुलाई अहिलेसम्म पनि प्रविधि मार्फत हुने वित्तीय कारोबार अर्थात अनलाइन कारोबारमा आत्मविश्वास नभएको बताएका छन। नेपाल धितोपत्र बोर्डद्वारा आयोजना गरिएको अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन।

'म जस्तो व्यक्तिलाई त प्रविधि मार्फत गरिने कारोबारप्रति आत्मबिश्वास छैन, अरुको के होला' अर्थमन्त्रीले खतिवडाले भने 'नेपालमा प्रयाप्त रुपमा वित्तीय साक्षरता नभएका कारणले त्यसमा काम गर्नु पर्ने अवस्था छ ।'आफ्नो उदाहरण दिंदै अर्थमन्त्री खतिवडाले सर्वसाधारण अर्थात नेपालको ठुलो हिस्सा अझैं पनि वित्तीय साक्षरताको पहुँच बाहिर रहेको बताएका छन।  

मन्त्री खतिवडाले नेपालमा पाँच प्रकारका वित्तीय संस्था भए पनि नेपाली जनतामा सबै उस्तै हुन् भन्ने अवस्था रहेको बताए। यसले संस्थाले निक्षेप र कर्जामा के कस्तो सुविधा दिन्छन, कुनमा कति जोखिम हुन्छ भन्ने कुराको ज्ञान सर्वसाधारणमा न्यून भएको देखाएको उनले बताए।करिब आधा घण्टाको सम्बोधनमा अर्थमन्त्री खतिवडाले नेपालमा वित्तीय साक्षरताको अवस्थाबारे प्रकाश पार्ने प्रयास गरे।   

पूँजीबजारलाई लिएर नेपालमै पहिलो पटक आयोजना भएको अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन आजदेखि सुरु भएको हो। पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्गनाइजेसन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएफई) को संयुक्त आयोजनाको सम्मेलन दुई दिनसम्म चल्नेछ। 

सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, काजकिस्तान, सिंगापुर, थाइल्यान्ड, भुटान, चीन र भारत लगायत देशका साथै सम्बद्ध अन्य संस्थाको पनि सहभागिता छ। त्यस्तै सम्मेलनमा अन्तरराष्ट्रिय संस्थाहरू, पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरूका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताका अन्तरराष्ट्रिय विज्ञहरूको सहभागिता छ।

नेपालबाट अर्थ मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, कम्पनी राजिस्ट्रारको कार्यालय, बैंकर एशोसिएशन, नेप्से, लगानीकर्ता सघंहरूको प्रतिनिधि गरी कुल १२५ जना सहभागी छन् ।  

सम्मेलनमा हुने कार्यक्रमलाई वित्तीय साक्षरता सम्बन्धमा विभिन्न सत्र सञ्चालन हुने गरी दुई भागमा विभाजन गरिएको छ।  नेपाल ओईसीडी अन्तर्गतको आईएनएफईको पूर्ण सदस्ता प्राप्त गरिसकेको छ । ओईसीडी विश्वभरि नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित एक अन्तराष्ट्रिय संस्था हो। यो संस्था विगत ६० वर्षदेखि क्रियाशील छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved