क्यान्सर र मृगौला पीडितलाई महालक्ष्मी विकास बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 09:10:45 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । बैकले काठमाडौँ बसुन्धाराकी स्तनको क्यान्सरबाट पीडित गायत्री पौडेललाई सहयोग गरेको हो ।

बैंकले २०७४ साल पुस महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकि पौडेललाई रु १५,००० को चेक हस्तान्तरण गरेको हो ।

साथै बैंकले कालीकोट निवासी मृगौला पीडित वसन्ती कुमारी शाहीलाई पनि सहयोग गरेको छ । दुवै मृगौला फेल भएर उपचाररत २० बर्षिय शाहीलाई बैंकले रु १५००० को चेक हस्तान्तरण गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved