मर्जरमा स्ट्याण्डर्ड चार्टर्डको चुनौती र नबिलको नखरा उस्तै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 12:48:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई मौद्रिक नीति अगाडी नै आफु अनुकुल मर्जरको पार्टनर खोज्न निर्देशन दिईसकेको छ । राजधानीको  तारे होटेलमा बैंकका अध्यक्ष र सीइओहरुको भेला गरेर मर्जरमा जानको लागि पार्टनर खोज्न एक हप्ताको समय दिएको थियो । एक हप्ते अवधि बिहिबार सकिदै छ  ।

 राष्ट्र बैंकको निर्देशन पाए लगत्तै बैंकहरु आफु अनुकुलको पार्टनर खोज्न व्यस्त देखिएका छन्  । अधिकांश बैंकहरु मानसिक रुपमा नै मर्जको लागे तयार देखिएका छन्  । बैंकहरु बीच मर्जरमा जाने तर कसरी जाने भन्नेबारे ब्यापक छलफल चलिरहदा विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड र विदेशी लगानी भएको नबिल बैंक भने यो चटारोबाट टाढा नै रहेका छन्  ।

 स्थानीय तहमा अनिवार्य शाखा विस्तार गर्नु पर्ने नियमले नछोएको चार्टडलाई मर्जरले पनि नछुने देखिन्छ  । मर्जर गर्नु परे नेपालबाट आफ्नो बिजनेश बन्द गरेर फर्किने चेतावनी दिन सक्ने भएकोले राष्ट्र बैंकले चार्टर्डलाई कुनै दबाब नदिने स्पष्ट छ  । यता  विभिन्न फोरममा बोल्ने क्रममा मर्जरमा नजाने बताउदै आएका नबिल बैंकका सीइओ अनिल केशरी शाहले बैंकर्स संघको बैठक मै बाध्यात्मक अवस्थामा मात्र बैंक मर्जरमा जाने बताएका थिए  । 

हकप्रदको बाटो रोकेर चुक्ता पुँजी वृद्धिको निर्देशन आएको अवस्थामा विदेशी पार्टनर खडा गरेर त्यतैबाट चुक्ता पुंजी पुर्याउने तर मर्जमा नजाने नबिलको नीति रहेको स्रोतले जनाएको छ  । तर विदेशी साझेदार वा हकप्रदको विकल्प रोकेर चुक्ता पुंजी बढाउने वा अनिवार्य रुपमा मर्जमा जानलाई निर्देशन आए मात्र नबिल मर्जमा जाने स्रोतको दाबी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved