बेलायतबाट ‘मेगा रेमीट’ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 02:19:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले ‘मेगा रेमीट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको  छ । मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो ।

बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज ९एसीई मनी ट्रान्सफर० सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ । यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने बैंकको विश्वास छ । 

बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved