जनता बैंकको सीईओ भन्छन, मौद्रिक नीति पुर्व नै मर्जरको सम्झौता हुन सक्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 02:36:48 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले मौद्रिक नीति पुर्व नै मर्जरको सम्झौता गर्ने गरि छलफल थालेको छ। मर्जरको लागि कुनै सर्त नराखी छलफल अगाडी बढेको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले बताएका छन। 

राष्ट्र बैंकले निर्देशन दिएको भोलि पल्टै कमिटि बनाएर मर्जरको बिषयमा छलफल अघि बढी बढेको उनले बताए। 'यो या त्यो बैंकसंग भन्ने कुरा अहिले टुंगो लागेको छैन, मर्जर कमिटिले मागेका जानकारीहरु उपलब्ध गराइरहेका छौँ' उनले भने, 'सम्भवत मौद्रिक नीति पुर्व नै एमओयु हुन पनि सक्छ।'

आफुहरुले मर्जरको लागि बैंकको लेभल हेरेका नहेरेको उनले बताए। 'जो संग मर्जर कमिटिले निर्णय गर्छ उससंग नै मर्ज गर्ने हो, ठुला साना भन्ने छैन' उनले भने। धेरै बैंकबाट प्रस्ताब आएको तर यहि नै भनेर नाम खुलाउन मिल्ने अवस्था नभएको उनले बताए।  बजारमा जनता, मेगा र ग्लोबल आइएमईबीच मर्ज हुने एकथरिले चर्चा गरेका छन भने केहिले आइएमई र जनता मर्ज हुने चर्चा चलाएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved