एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकले चिरायु नेशनल हस्पिटलमा उपचार सेवामा छुट प्राप्त गर्ने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार चिरायु हस्पिटलको बिभिन्न उपचार सेवामा बैंकका कर्मचारीले २० प्रतिशत र डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
बैंकले हाल २८५ वटा शाखा कार्यालय, २९५ वटा एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।