राष्ट्र बैंक सुपरिवेक्षण बिभागले डाक्यो बैंकका सीईओको भेला,'मर्जरको बिषय संयोग मात्रै'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 05:10:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले फेरी बैंकका सीईओको भेला डाकेको छ। मर्जरको लागि अध्यक्ष र सीईओलाई निर्देशन दिएको नवौं दिनमा राष्ट्र बैंकले पुन सीईओंको मात्रै अर्को बैठक डाकेको हो। 

बिहीबार साढे ३ बजे रविभवनस्थित क्राउन इम्पेरियल होटलमा डाकिएको भेलामा सबै बैंकका प्रमुख कार्यकारीहरुलाई आमन्त्रण गरिएको जनाइएको छ। गभर्नर चिरञ्जीबि नेपालको अनुपस्थितिमा कार्यबाहकको जिम्मेवारि पाएका गभर्नर चिन्तामणि शिवाकोटीले बैठकको नेतृत्त्व गर्ने भएका छन। 

मर्जरको लागि निर्देशन दिएको ९ औं दिनमा अर्को बैठक डाकिनु एउटा संयोग मात्रै भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बिजपाटीलाई बताएका छन। 

उनकाअनुसार बैंक सुपरिवेक्षण बिभागले बिगतदेखि नै आर्थिक बर्षको अन्त्यमा गर्दै आएको बैठकलाई यसपटक पनि निरन्तरता दिन लागेको निर्देशक श्रेष्ठले बताए। यसलाई आन्तरिक तर नियमित बैठकको रुपमा मात्रै लिनुपर्ने उनले बताए।

बैंक सुपरिवेक्षण बिभागले सुपरिवेक्षणको क्रममा बैंकमा भएका कमि कमजोरीको बिषयमा छलफल गर्नलाई बैंकका सीईओ अथवा उच्च व्यवस्थापनलाई छलफलको लागि डाकिएको निर्देशक श्रेष्ठले बताएका छन।

बैकहरुको संचालन जोखिम, ऋण व्यवस्थापन, तरलता समस्या समाधान लगायतका बिषय राष्ट्र बैंकले आवधिक रुपमा अर्धबार्षिक वा बार्षिक रुपमा आवश्यकता अनुसार यस्ता छलफल चलाउदै आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए।        

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved