बिओकेका सीईओ भन्छन, मर्जर सजिलो बिषय होइन, जोडीले पत्याउनुपर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 06:09:32 PM मा प्रकाशित

laxmi  sunrise bank

भेट्रान बैंकर तथा बैंक अफ काडमाण्डु (बिओके) Bank of Kathmandu Limited  का सिइओ सोभन देव पन्तले मर्जरको विषय सञ्चालकको क्षेत्राधिकार भएको बताएका छन् । बोर्डले कुन बैंकसँग मर्जर गर्दा राम्रो हुन्छ भनेर छलफल गरेर निर्णय गर्ने उनले बताए। 

राष्ट्र बैंकको निर्णयलाई कसरी सघाउन सकिन्छ भनेर बिओंके का सञ्चालक समितिले पनि छलफल चलाइरहेको उनले बताए । यद्यपी मर्जको लागि पार्टनर रोज्न राष्ट्र बैंकले दिएको समय केही कम भएको र यसलाई सबैले महसुस गरिरहेको उनले बताए ।  

मर्जरको पार्टनर खोज्ने कुरा त्यति सहज र तुरुन्तै गर्ने काम नभएको उनको भनाई छ। लाखौ सर्वसाधारणको निक्षेप बैंकहरुले चलाइरहेको भन्दै बैंबिओंकेले पनि कोसँग मर्जरमा जाँदा उपयुक्त हुन्छ र दिर्घकालमा राम्रो हुन्छ भनेर सञ्चालक समितिले छलफल गरिरहेको उनको बिजपाटीलाई बताए।

बिओंकेले राष्ट्र बैंकको पोलिसि मान्न सदैव तयार रहेको भन्दै उनले भने ‘चार वर्ष अगाडी ४ गुणाले पुँजी बढाउँदा पनि राष्ट्र बैंकको उदेश्य मर्जर नै रहेको थियो, त्यतिवेला राष्ट्र बैंकको पोलिसि पछि मर्जर भएको दुई वटा मात्र वाणिज्य बैंक लुम्बीनी र बैंक अफ काठमाण्डुले राष्ट्र बैंकको उक्त पोलीसिलाई सहयोग गरे ।’ 

राम्रो अवसर आयो भने मर्जरमा जानु पर्छ भनेर मर्जर कमिटी पहिले नै गठन भएकोले अहिलेको मर्जर नीतिमा कसरी अगाडी बढ्ने भनेर छलफल चलीरहेको उनले बताए। मर्जरमा जान राम्रो बैंकको प्रस्ताव आउनुपर्ने र आफुले मात्र रोजेर नहुने र अर्कोले पनि आफुलाई पत्याउनुपर्ने उनको भनाई छ।

अहीले नै यति छोटो समयमा मर्जरको लागि कस्तो रणनीति बनाउने भनेर भन्ने अवस्था नरहेको उनले बताए । मर्जर सबल हुन गर्ने हुनाले त्यसको लागि पर्याप्त छलफल हुनपर्ने भन्दै यति छोटो समयमा कुनै निष्कर्षमा पुग्न सम्भावना नरहेको उनले प्रस्ट पारे । यति हतारमा मर्जर हुने सम्भावना   कम रहेको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved