२ विकास बैंकलाई मर्ज गरेर बनेको संस्था तिनाउ मिसन डेभलपमेन्ट बैंकले असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । साविकको तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज भई तिनाउ मिसन डेभलपमेन्ट बैंक बनेको हो ।
यी दुई बैंकबीच चैत ३ गते मर्जरमा जाने सम्झौता भएको थियो । राष्ट्र बैंकले मर्जरको लागि असार १२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। मर्जपछि बैंकको कार्याक्षेत्र ७ वटा जिल्ला कायम भएको छ। बैंकको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवल उपमहानगरपालिका -४ , पाल्पारोडमा रहने छ ।
यी दुई बैंक १:१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जपछि बैंकको पुंजी १ अर्ब १४ करोड पुगेको छ । बैंकले कम्युनिटी डेभलपमेन्ट बैंकलाई गाम्भ्ने सम्झौता गरिसकेको छ ।