ग्लोबलले जनता बैंकलाई मर्ज होइन एक्वायर गर्न मात्र मिल्ने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 12:38:02 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक र जनता बैंक बीच मर्जर सम्बन्धि सम्झौता भएको छ । दुई बैंकबीच शुक्रबार मर्जर सम्बन्धि सम्झौता भएको  हो । 

तर अहिले कै अवस्थामा ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जको प्रक्रिया अगाडी भने बढ्न नसक्ने विज्ञ बताउछन्। नेपाल राष्ट्र बैंकको मर्जर सम्बन्धि बिनियमावलीमा  गाभ्ने गाभिने तथा प्राप्ति (एक्वीजिसन प्रक्रिया) लाई एक साथ अगाडी बढाउन नपाइने प्रावधान छ  । ग्लोबल आईएमई बैंकले अहिले हाथवे फाइनान्सलाई एक्वायर गरिरहेको छ  । यो एक्विजिसन प्रक्रियाको टुंगो नलाग्दासम्म बैंकले अरु कुनै बैंकसंग मर्जर सम्झौता अगाडी बढाउन नसक्ने विज्ञहरुले बताएका हुन्  ।

यद्यपि ग्लोबलले जनतालाई एक्वायर गर्न लागेको हो भने नियमावलीले कुनै प्रकारको बाधा पुर्याउने छैन  । तर यो मर्ज नै भएको खण्डमा भने तत्काल यो प्रक्रिया अगाडी बढाउन नमिल्ने भएको हो  ।



एक पटकमा जति पनि संस्थासंग मर्ज वा एक्वायर गर्न सकिने तर एकै पटकमा मर्ज र एक्वायरको प्रक्रिया अगाडी बढाउन राष्ट्र बैंक कै बिनियमावली बाधक हुने विज्ञको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved