ग्लोबल आइएमई र जनता बैंकबीचको सम्झौता कानुन बिपरित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 01:30:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई र जनता बैंकबीचको मर्जर कानुन बिपरित भएको खुल्न आएको छ। दुवै बैंकले शुक्रबार मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर  गरेपनि सो सहमति कानुन बिपरित भएको पाइएको छ। 

हाथवे फाइनान्सलाई एक्वायरको चरणमा रहेको ग्लोबल आइएमईले जनतासंग गरेको मर्जर सम्झौता राष्ट्र बैंकको नियम बिपरित भएको देखिएको छ। कुनै एउटा संस्थालाई प्राप्तिको चरणमा अर्को सँस्थासँग मर्जर गर्न नपाइने नेपाल राष्ट्र बैंकको मर्जर सम्बन्धि बिनियमावलीमा उल्लेख छ।   

ग्लोबलले जनतालाई प्राप्ति गर्ने नभई दुवैबीच मर्जर सम्झौता नै भएको बैंक स्रोतले जनाएको छ। जनताको १०० कित्ता हुनेले मर्जर पछि बन्ने ग्लोबल आइएमई बैंकको ८५ कित्ता अर्थात १०० बराबर ८५ को स्वाप अनुपातमा मर्जर सम्झौता भएको स्रोतको दाबि छ। यद्दपी डीडीए पछि आउने विवरणमा १० प्रतिशत प्लस माइनस हुन सक्नेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved