मुक्तिनाथ विकास बैंकबाट खल्तीमा पैसा लोड गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 11:18:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकले खल्तीबाट भुक्तानी गर्न पाउने भएका छन् । बैैंक र खल्तीबीच भएको सम्झौता अनुसार अब बैंकका ग्राहकले बैंकको मोबाईल तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

आइतबार भएको सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका छन् । 

खल्तीको मोबाईल एपबाट मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी तथा दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved