एनआईसीका ग्राहकलाई सुजुकी ड्राइभिङ स्कुलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 12:48:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया NIC Asia Bank Limited का ग्राहकले सुजुकी ड्राइभिङ स्कुलमा छुट पाउने भएका छन् । बैंक र सुजुकीबीच भएको सम्झौता अनुसार  ग्राहकले ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्युआर पेमेन्ट  तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०%  सम्म छुट प्राप्त गर्नेछन । 

क्युआर पेमेन्टका लागि ग्राहकले बैंकको मोबाइल एपमार्फत् क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । 

सम्झौतामा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवा र सुजुकीको तर्फबाट ड्राइभिङ स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल २८५ वटा शाखा कार्यालय, ३०० वटा एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved