थप २ बाणिज्य बैंकले बुझाए मर्जरको प्रतिबद्दता, चार्टडले बोलि फेर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 05:07:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकलाई मर्जरको प्रतिबद्दता जनाउनेको सुचिमा थप दुई वटा बाणिज्य बैंक थपिएका छन। यस अघि २० वटाले प्रतिबद्धता जनाएकोमा  बैंक अफ काठमान्डू र प्रभु बैंकले पनि मर्जरको लागि प्रतिबद्दता जनाएको नेपाल राष्ट्र बैकंले जनाएको छ। त्यस्तै ३ बिकास बैंकले समेत मर्जरको लागि प्रतिबद्दता जनाएका छन्।

स्ट्याण्डर्ड चार्टडले यसअघि बुझाएको मर्जरको प्रतिबद्धतामा संसोधन गरेको छ। यस अघि मर्जरमा नजाने बताएको चार्टडले अहिले मुख्य रणनीतिलाई थाँती राखेर मर्जर र प्राप्तिलाई साथ दिने जनाएको छ।  त्यस्तै नेपाल बंगलादेश बैंकले बिदेशी साझेदार बंगलादेशको आईएफआईसीसंग थप छलफल आवश्यक रहेको प्रतिबद्दतापत्रमा उल्लेख गरेको छ। 

राष्ट्र बैंकका अनुसार प्रतिवद्धता जनाएकामध्ये चारले सहमति गरिसकेका छन्। ग्लोबल आइएमईमा जनता बैंक तथा सिटिजन्समा सहयोगी विकास बैंक मर्ज हुने निश्चित भइसकेको छ।

मर्जका लागि प्रतिवद्धता जनाउने अन्य वाणिज्य बैंकहरूमा एसबिआई, एनएमबि, सनराइज, लक्ष्मी, एनसिसी, सानिमा, सिभिल, माछापुच्छ्रे, सेन्चुरी, इन्भेष्टमेन्ट, एनआइसी एसिया, हिमालयन, कुमारी, मेगा छन्। त्यस्तै विकास बैंकहरूमा संग्रिला र महालक्ष्मी छन्।

मर्जरका लागि निजि तर्फका प्राइम, नबिल र एभरेष्ट बैंकले प्रतिबद्दता जनाउन बाँकी नै छ भने सरकारी तर्फ कृषि बिकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकले बुझाउन बाँकी छ।  

अर्थमन्त्री डा युबराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट मार्फत ठुला बैंकलाई मर्जरको लागि प्रोत्साहन गर्ने भनेसंगै नेपाल राष्ट्र बैंक मर्जरको लागि तिब्र तयारि थालेको छ। सोहि अनुरुप राष्ट्र बैंकले असार १२ गते बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीहरुलाई डाकेर मर्जरको लागि तयार रहन निर्देशन दिएको थियो। मौद्रिक नीतिमा मर्जरको बिषय उल्लेख्य हुने भन्दै त्यसअघि नै तयार रहन राष्ट्र बैकले बैंक बीत्तीय संस्थाहरुलाई मर्जरको लागि उपयुक्त जोडी रोज्न निर्देशन दिएको हो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved