कुमारी बैंकका ५ शाखाको ई–उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 09:19:03 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले काठमाडौ उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन गरेको छ । नयाँ शाखाहरुको उद्घाटन संचालक समितिका अध्यक्ष अमिर प्रताप जबराले मोबाईल प्रविधिबाट गरेको छन् ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको  जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल प्रविधिबाट विद्युतिय उद्घाटन चाहिँ बैंकले केन्द्रिय कार्यलयबाटै गरेको हो ।  

बैंकले हाल ९८ वटा शाखा, ८४ वटा एटिएम्, ३ वटा एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved