साइन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited र खल्ती डिजिटल वालेटबिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ। सोमबार भएको सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका छन् ।
बैंकले हाल ३९ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।