बालविवाह अन्त्य गर्न ग्लोबल आइएमई बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 04:11:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियान संचालन गरिरहेको जोन्टा क्लबलाई आर्थिक सहयोग गरेको छ ।  क्लबलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख सहयोग गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले क्लबका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरेका छन् । क्लबले महिला सशक्तीकरणका लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर करीब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको ढकालले ढकालले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved