प्राथमिकता प्राप्त क्षेत्रमा पर्याप्त लगानी नगर्ने बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन जारि गर्दै बैंकहरुलाई जरिवाना तिराउने जनाएको छ।
राष्ट्र बैंकले असार मसान्तसम्ममा प्राथमिकता प्राप्त क्षेत्रमा बाणिज्य बैंकलाई कुल कर्जा तथा सापटको न्यूनतम २५ प्रतिशत, विकास बैंकलाई १५ प्रतिशत र फाइनान्सलाई १० प्रतिशत लगानी गर्न निर्देशन दिएको छ । जस मध्ये बाणिज्य बैंकले कृषिमा १० र उर्जा तथा प्रयटनमा १५ प्रतिशत लगानी गर्नु पर्ने छ ।
यदि सो रकम लगानी नगरेमा, बैंकले लगानी गर्दा जति ब्याज लिने गरेको थियो, सोहि अनुसार राष्ट्र बैंकले बैंकलाई जरिवाना तिराउने भएको हो ।