एनआईसीका ग्राहकलाई ग्राण्डी हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 04:19:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकले हस्पिटलमा उपचार गराउँदा ७.५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र अस्पतालको तर्फबाट मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल २९१ शाखा कार्यालय, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved