प्रभु बैंकमा खाता खोल्दा एक करोडसम्मको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 11:22:50 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले नयाँ आर्थिक बर्षबाट बचत खाताहरुमा औषधोपचार र दुर्घटना बीमा सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारबाट प्रभु वेलकम र प्रभु स्यालरि सेभिङ बचत खातामा बिमा सुविधा ल्याएको हो । 

यो सुविधाको माध्यमबाट उक्त खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेपकर्ताको औषधोपचार बीमा बापत तिन लाख र दुर्घटना बीमा बापत एक करोड सम्मको जोखिम बैंकले वहन गर्नेछ ।

बैंकले सञ्चालनमा ल्याएको यस बीमा सुबिधा अन्तर्गत ग्राहकले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने १५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दावी गर्नसक्नेछन् । साथै अकल्पनिय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गर्न सक्ने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved