सिभिल बैंक Civil Bank Limited ले बेलायतको 'युनाइटेड रजिस्टर अफ सिस्टम सर्टिफिकेसन' (आईएसओ) संस्था बाट अन्तराष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ । बैंकले आईएसओ 9001:2015 सर्टिफिकेट प्राप्त गरेको हो ।
यस सम्बन्धि जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै बैंकका सीइओ गोबिन्द गुरुङले ६ महिना लगाएर यो अवार्ड प्राप्त गरेको बताए । आईएसओका नेपाल प्रतिनिधि तथा कन्ट्री डारेक्टर प्रकाश पौडेलले ७ वटा मापदण्डको आधारमा बैंकको आईएसओ प्रमाणिकरण गरेको बताए ।
ग्राहक सन्तुष्टि, व्यबस्थापन संरचना, नेतृत्व, कार्यन्वयन प्रणालीको उच्च ब्यबस्थापन, निर्णय प्रक्रिया, सुधार गर्नलाई तल्लिन, अडिट, लगायतका मापदण्डलाई आधार मानेर अवार्ड प्रदान गरिएको पौडेलले बताए ।
बैंकले आफुले एक बर्ष लगाएर आन्तरिक रुपमा काम गर्दै आएको र आईएसओ संस्थाले ६ महिना लगाएर अडिट गरेको बैंकका सीइओ गुरुङले बताए । 'बैंकिंङ व्यवसाय अल्पकालीन व्यवसाय होइन, दिर्घकालिन व्यवसाय हो', सीइओ गुरुङले भने 'ग्राहकको सन्तुष्टि प्रमुख कुरा हो ' । बैंकका आन्तरिक कुरा कति सबल र सफल छन् भन्ने कुराले बैंकको अवस्था बुझाउने भन्दै गुरुङले बैंकहरुमा शुशासन र ग्राहक प्रतिको जिम्मेवारी हुनु पर्ने बताए ।
बैंकका अध्यक्ष इच्छाराज तामांङले आईएसओ सर्टिफिकेट पाउनु ठुलो उपलब्धि भएको बताए । बजारमा भएको दोस्रो कान्छो बैंकले आफ्नो जेनेरेशनमा पछिल्लो पटक यो अवार्ड पाएको हो । यस अघि ३ बाणिज्य बैंकले यो अवार्ड पाईसकेका छन् । मर्जरको बेला पाएको यो अवार्डले सिभिल बैंकको स्वाप र भ्यालुमा फाईदा हुने अध्यक्ष तामाङले बताए ।