संसद सचिवालयमै वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 03:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले संघीय संसद सचिवालय परिसरमा एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र संसद सचिवालय परिसरमा खुलेको बैंकको एक्सटेन्सन काउन्टरको साथै एटिएमको समुद्घाटन प्रतिनीधि सभाका सम्माननीय सभामुख कृष्णबहादुर महराले गरेका छन् ।

सोमबार काउन्टरको समुद्घाटन गर्दै महराले सरकारी बैंकको सेवाबाट माननीय सांसदहरु तथा सचिवालयका कर्मचारीहरुलाई कारोबार गर्न सहज हुने बताए ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने साथै उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए । 

बैंकको हाल २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved