सिरहाका बाढी पीडितलाई एभरेष्ट बैंकको राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 03:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले सिरहाका बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराएको छ । बैंकले सिरहा पटेर्वाका बाढी पीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न राहत सामग्री बितरण गरेको छ ।

बैंकले शुक्रबार आफ्नो तर्फबाट राहतका लागि ओमेन फ्रेण्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। उक्त रकम पीडितहरुका लागी खर्च गरिने जनाइएको छ ।

बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved