कन्काईलाई गाभ्न प्राइम बैंकले डाक्यो विशेष साधारणसभा, स्वाप रेसियो कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 05:41:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कन्काई विकास बैंकलाई गाम्भे प्रस्ताव पारित गर्न प्राइम कमर्शियल बैंकले बिशेष साधारणसभा डाकेको छ । बैंकले साउन २२ गतेको लागि बिशेष  साधारणसभा डाकेको हो । 

बैंकले सभामा कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धि ७ वटा बिशेष प्रस्ताव पेश गर्ने छ । सभा प्रयोजनको लागि बैंकले असार १४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसावमा असार १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।

कन्काई विकास बैंकले यहि प्रस्ताव पारित गर्न साउन २२ गते नै बिशेष साधारणसभा डाकेको छ । दुवै बैंकले साधारणसभाको सूचनामा स्वाप रेसियो खुलाएका छन् । प्राइम बैंक स्रोतले दिएको जानकारी अनुसार १००:७१.५ को स्वाप रेसियोमा एक्विजिसन प्रक्रिया पुरा हुन् लागेको हो । अर्थात् कम्काई विकास बैंकको सय कित्ता शेयर हुनेले मर्जपछि प्राइम बैंकको ७१.५ कित्ता शेयर पाउने छन् ।

हाल प्राइमको चुक्ता पुंजी  ८ अर्ब ३ करोड छ भने कन्काई विकास बैंकको पुंजी ५१ करोड ५० लाख रूपैयाँ रहेको छ । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved