बिग मर्जर गर्ने हो भने ७ जना संचालकले बैंक हाक्न सक्दैन: मेगा बैंक अध्यक्ष शाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 11:44:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले नेपाल राष्ट्र बैंकलाई संचालक समिति सम्बन्धि नियम पुनर्विचार गर्न माग गरेका छन् । बैंकको ९ औ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष शाहले २ अर्ब पुँजी हुँदा ९ जना संचालक हुने गरेकोमा ८ अर्ब पुँजी हुँदा झन् घटाएर ७ मा झारिएको प्रति अशन्तुष्टी व्यक्त गरे । 

बैंकहरु मर्जपछि १७ अर्ब बढी पुँजी हुने भन्दै त्यत्रो ठुलो संस्था ७ जना संचालकले कसरि चलाउन सक्छ भन्दै उनले प्रश्न गरे । यस बिषयमा राष्ट्र बैंक सहितका सरोकारवालाहरुले सोच्नु पर्ने उनले बताए 

उनले नेपालको सबै भन्दा पारदर्शी क्षेत्र बैंकिंङ रहेको समेत दाबी गरे । ४-५ वटा बैंकहरुले मात्र १५ प्रतिशत भन्दा बढी नाफा कमाएको भन्दै अधिकांशको नाफा १५ प्रतिशत भन्दा तल नै रहेको उनले बताए । यस्तो अवस्थामा उनले स्प्रेड दर परिवर्तन गर्न नहुने बताए । बैंकहरु नाफाखोर भएको भन्दै व्यवसायीहरुले स्पेड दर घटाउन पहल गरेपनि त्यसलाई नचलाउन बैंकर्स संघले पनि पहल गर्नु पर्ने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved