उग्रचण्डी नाला समाजलाई ग्लोबल आइएमईको २ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 01:16:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृति कोष स्थापना गर्न  २ लाख सहयोग गरेको छ । बैंकका सहायक महाप्रबन्धक आरती राणाले समाजका अध्यक्ष चन्द्र लाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिन् । 

रकम बुझ्दै समाजका अध्यक्ष श्रेष्ठले बैंकबाट प्राप्त रकमबाट शैक्षिक छात्रवृत्ति कोषको स्थापना गर्ने र प्राप्तव्याज रकमबाट चण्डेश्वरी उच्चमाध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने जानकारी गराए । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved