महालक्ष्मी बैंकद्वारा पृथ्वीचन्द्र अस्पताललाई वाटर डिस्पेन्सर प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 02:58:31 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले पृथ्वीचन्द्र अस्पताललाई वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन प्रदान गरेको छ । बैंकको परासी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त सहयोग गरेको जनाएको छ । 

परासी शाखाले गत असार ३१ गते अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरेको बैंकले जनाएको छ । सोहि अवसरमा बैंकले अस्पतालका बिरामीहरुका लागी फलफुल पनि वितरण गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved