एनआईसीका ग्राहकलाई पोखराको होटलमा ३० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 04:35:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकले पोखराको होटल तथा रिर्सोटमा विभिन्न सेवामा छुट पाउने भएका छन् । बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले होटल तथा रिर्सोटका विभिन्न सेवा सुविधाहरुमा १५ देखि ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकले होटल पोखरा ग्राण्डीको विभिन्न सेवामा ३० प्रतिशतसम्मको छुट तथा लेकसाइडमा रहेको टीका रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

बैंकले हाल २९२ शाखा कार्यालय, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved