कुमारी बैंकले निशुल्क मेहेन्दी लगाइदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 05:16:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले महिला ग्राहकवर्गलाई लक्षित गर्दै आफ्ना शाखाहरुमा हर्षोल्लासका साथ मेहेन्दी उत्सवको आयोजना गरेको छ । बैंकले पावन महिना श्रावणको अवसर पारेर आयोजना गरेको उत्सवमा “शुभलक्ष्मी सेभिङ्ग” खाता भएका ग्राहक तथा अन्यले पनि बैंकका शाखाहरुबाट मेहेन्दी लगाउन सक्नेछन् ।

महिलाहरुले मेहेन्दी–कार्यक्रमको तालिका अनुसार आफुलाई अनुकुल पर्ने दिन र समय अनुरूप तालिकामा उल्लेखित शाखाहरुमा सम्पर्क गरी निःशुल्क रुपमा आकर्षक डिजाईनका मेहेन्दी लगाउन सक्ने बैंकले जनाएको छ । 

बैंकले महिला ग्राहकलाई लक्षित गरेर आयोजित गरेको कार्यक्रमलाई निरन्तरता दिदैँ, आगामी हरितालिका तीजको अवसरमा पनि आकर्षक उपहार प्रदान गर्ने योजना बनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved