औपचारिक कार्यक्रम गरेरै मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक, बुधबार बिहान बोर्ड बैठक

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 23, 2019 | 06:39:50 PM मा प्रकाशित

laxmi bank

मौद्रिक नीति बुधबार सार्वजनिक हुने भएको छ । मौद्रिक नीति पारित गर्नको लागि बुधबार बिहान राष्ट्र बैंकको पूर्ण बोर्ड बैठक बोलाईएको छ। पूर्ण बैठकले पारित गरेमा बुधबार दिउँसो मौद्रिक नीति सार्वजनिक हुने नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयले जनाएको छ  । कार्यालयले औपचारिक कार्यक्रम गरेरै मौद्रिक नीति सार्वजनिक गरिने पनि स्पष्ट पारेको छ । 

मौद्रिक नीति सार्वजनिक गर्नु अगाडी राष्ट्र बैंकको बोर्ड बैठकले पारित गर्नु पर्छ । राष्ट्र बैंकको बोर्डमा गभर्नर डा चिरन्जीवी नेपाल, अर्थ सचिव डा राजन खनाल, डेपुटी गभर्नर द्वय शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी रहेका छन् । त्यस्तै बोर्डका अन्य सदस्यमा डा श्रीराम पौड्याल, डा सुबोधराम कर्ण र रामजी रेग्मी रहेका छन् 

मौद्रिक नीतिमा यस अघि फोर्स मर्जरको नीति आउने चर्चा चलेपनि अब भने केहि सहुलियत सहित मर्जरमा जान प्रोत्साहन गर्ने गरी मौद्रिक नीति आउने स्रोतले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved