मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 07:58:25 AM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीति बुधबार सार्वजनिक हुने भएको छ । मौद्रिक नीति पारित गर्नको लागि राष्ट्र बैंकको पूर्ण बोर्ड बैठक सुरु भएको छ। बैठक ९ बजे बोलाईएको भए पनि केहि समय ढिलो गरि सुरु भएको हो। पुर्ण बैठकले पारित गरेपछि बुधबार दिउँसो मौद्रिक नीति सार्वजनिक हुने नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयले जनाएको छ  । कार्यालयले औपचारिक कार्यक्रम गरेरै मौद्रिक नीति सार्वजनिक गरिने पनि स्पष्ट पारेको छ । 

मौद्रिक नीति सार्वजनिक गर्नु अगाडी राष्ट्र बैंकको बोर्ड बैठकले पारित गर्नु पर्छ । राष्ट्र बैंकको बोर्डमा गभर्नर डा चिरन्जीवी नेपाल, अर्थ सचिव डा राजन खनाल, डेपुटी गभर्नर द्वय शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी रहेका छन् । त्यस्तै बोर्डका अन्य सदस्यमा डा श्रीराम पौड्याल, डा सुबोधराम कर्ण र रामजी रेग्मी रहेका छन् 

मौद्रिक नीतिमा यस अघि फोर्स मर्जरको नीति आउने चर्चा चलेपनि अब भने केहि सहुलियत सहित मर्जरमा जान प्रोत्साहन गर्ने गरी मौद्रिक नीति आउने स्रोतले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved