मर्जमा जाने बैंकलाई राष्ट्र बैंकले दियो यी ५ सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 02:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मुख्यतः ५ प्रकारको सहुलियत दिएर बैंकहरुलाई मर्जमा जानलाई प्रोत्साहन गरेको छ । केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत मर्जमा जाने बैंकहरुलाई स्प्रेड रेट, कुलिङ पिरियड, राष्ट्र बैंकले तोकेको प्राथमीकताप्राप्त कर्जामा, र शाखा विस्तार लगायतमा सहुलियत दिने घोषणा गरेको  हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा चिरन्जीवी नेपालले निम्न ५ वटा सहुलियत दिने घोषणा गरेका हुन्  ।

१. प्राथमिकता प्राप्त क्षेत्रमा गरिनु पर्ने न्युनतम लगानी २०७८ असार मसान्तसम्म कायम गरे हुने 

२. २०७८ असार मसान्त सम्म स्प्रेड दर ४.४ कायम गरे हुने 

३, शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

४. कार्यकारीहरुलाई कुलिंग पिरियड लागु नहुने 

५. ऋणपत्रमा गरिनु पर्ने लगानी २०७८ असार मसान्त सम्म गरे हुने 

२०७७ असार मसान्तसम्म एकिकृत कारोबार गर्नेले मात्र यी सुबिधा पाउने छन्  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved