बैंकहरुले बीमा पोलिसी बेच्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 03:01:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुलाई बीमा पोलिसी बिक्रिमा रोक लगाइएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रि नीति मार्फत बैंकहरुलाई बीमा पोलिसी बिक्रिमा रोक लगाएको हो। 

मौद्रिक नीतिमा भएको व्यवस्थाले बैंक वित्तीय संस्थाले कर्जासंग प्रत्यक्ष रुपले सम्बन्धित बाहेक अन्य कुनै बीमा पोलिसी बिक्रि गर्न नपाउने भएका हुन। 

मौद्रिक नीतिमा भनिएको छ, 'बैंक तथा बित्तिय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरूप राखिएको सम्पतीको बीमा गराउनुपर्ने र कर्जासंग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्रि गर्न नपाउने व्यवस्था गरिनेछ'  

आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर ड़ा चिरन्जीवी नेपालले बैंकहरुले बिक्रि गर्ने बिमामा रोक लगाएका हुन। बैंकहरुले बीमा पोलिसी बिक्रि गर्नलाई बीमा समितिबाट कर्पोरेट एजेन्ट लिएपछि बेतिथी देखिएको आरोप लागेपछि राष्ट्र बैंकले यस्तो कदम लिएको बिज्ञहरुको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved