सनराइज बैंकका सीईओ शर्माले कार्यभार सम्हाले, ३२ बर्षको बैंकिङ अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 04:49:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  मा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका जनक शर्माले कार्यभार सम्हालेका छन। असार २७ को संचालक समितिको बैठकबाट  सीईओमा नियुक्त भएका शर्माले आज (साउन ९) देखि कार्यभार सम्हालेका हुन। 

पौड्यालसंग तत्कालिन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड) मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरि करिब ११ वर्षको काम गरेको अनुभव छ। त्यस्तै पौड्यालसंग एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंकमा करिब २ वर्षको काम गरेको अनुभव छ।   

बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य गरि नेपाल फर्केका पौड्यालले ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा  रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए। उनिसंग ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक अध्यक्ष समेत भएको अनुभव छ। उनीसंग बैंकिङ्ग क्षेत्रमा ३२ बर्ष भन्दा बढि लामो समय काम गरेको अनुभव छ। 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved