ग्लोबल आइएमई बैंकले ९.९ प्रतिशत ब्याज मै घर कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 03:41:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले घर कर्जा (Home Loan) योजना ल्याएको छ । बैकको यो योजनामा  ९.९९ प्रतिशत ब्याज दरमै  कर्जा लिन सकिनेछ । यो योजना अन्तर्गत कर्जा आवेदन प्रकृया पूरा भएको ३ दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । 

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । 

बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७१ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved