सिभिल बैंकद्वारा प्रहरीलाई ज्याकेट प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 04:57:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले नेपाल प्रहरीको विद्यालय सम्पर्क टोलीलाई ज्याकेट प्रदान गरेको छ । बैंकले एक कार्यक्रमकाबिच सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरीलाई ११५ थान ज्याकेट प्रदान गरेको हो । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले महानगरीय प्रहरी परिसर सामुदायिक शाखा काठमाण्डौंका प्रमुख प्र.ना.उ. राजेन्द्र पोखरेललाई उक्त ज्याकेट हस्तान्तरण गरेका छन् ।

नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराध न्युनिकरणका लागि सामुदायिक स्तरमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ र सोही कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय क्षेत्रहरुमा संचालित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न विद्यालय सम्पर्क टोलीलाई बैंकले ज्याकेट हस्तान्तरण गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved