नेपाल बैंक कर्जा असुलीमा आक्रामक, भृकुटी कागज र फुलबारी रिसोर्टको ऋण उठाउदै

विजय पराजुली

विजय पराजुली

Aug 02, 2019 | 08:12:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले चालु आर्थिक वर्षमा खराब कर्जा असुलीमा आक्रमक नीति लिने भएको छ। बैकले यस आर्थिक बर्ष मात्रै करिब १ अर्ब ३० करोड रुपैयाँ खराब कर्जा असुली गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ। 

बैंकका प्रवक्ता विश्वराज बरालले बैकले नगदमै १ अर्ब भन्दा बढी खराब कर्जा असुल गर्ने लक्ष्य लिएको बिजपाटीसंगको कुराकानीमा बताएका छन। बैकंले मोटो रकम कर्जा लगानी गरेका व्यवसायबाट खराब कर्जा असुलीलाई प्राथमिकतामा राखेको बरालले बताए। 

नेपाल बैंकले स्वर्गीय दिवाकर गोल्छाको नेतृत्त्वमा रहेको भृकुटी कागज कारखाना र पोखराको फुलबारी होटलमा गरेको लगानी असुलीलाई प्राथमिकतामा राखेको छ। गोल्छा समुहको अलवा काभरा र कन्क्राफ्ट समुहको समेत लगानी रहेको भृकुटी कागज कारखानामा नेपाल बैंकको नेतृत्त्वमा २०५१/०५२ सालमा नेपाल बैंकको नेतृत्त्वमा हिमालयन र साबिकको नेपाल एनआईडिसी डेभलपमेन्ट बैंक अर्थात हालको राष्ट्रिय बाणिज्य बैंकले समेत लगानी गरेका छन। उक्त कर्जा लगानीको साँवा मात्र हाल १ अर्ब ३१ करोड पुगिसकेको छ। जसमध्ये नेपाल बैंकको मात्र ७९ करोड रहेको छ । 

चिन सरकारको सहयोगमा २०३७ सालमा स्थापना भएको भृकुटी कागज कारखाना २०४९ सालमा सरकारले् उक्त उद्योगलाई निजिकराण् गरेको थियो। कारखाना २०६७ साल यता बन्द रहेको छ । नेपाल बैंकले आफ्नो कर्जा उठाउनको लागि उद्योगको सम्पति बेच्नको लागि प्रक्रिया सुरु गरिसेको छ।

यस्तै बैंकले २०५० सालमा नै लगानी गरेको अर्को ठुुलो कर्जा उठाउने तयारीमा लागेको छ । २०५० सालमा पोखराको फुलबारी रिसोर्टमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले लगानी गरेका थिए। हाल उक्त कर्जाको सावाँ मात्र ८१ करोड पुगिसकेको छ । जसमध्ये नेपाल बैंकको मात्र ४४ करोड रहेको छ । नेपाल बैंकले उक्त लगानीलाई पुर्नसंरचना गरेर रिसोर्टलाई पुन संचालनमा ल्याउने तयारी गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved