सरकारी अनुदान प्रयोग गरि स्वदेशमै उद्यमी बन्न गर्भनर नेपालको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2019 | 10:54:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैकका बैकका गर्भनर डा. चिरञ्जिबी नेपालले सरकारले दिएको अनुदान र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा लगानी गरी स्वदेशमा नै उद्यमी बन्न आग्रह गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पाल्पाको तिनाँउ गाउपालिका र तानसेन नगरपालिकाको सीमा क्षेत्र डुम्रेमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा उनले बिदेशमा गएर कमाएको कमाईले अल्पकालीन लाभ मात्रै भएको भन्दै स्वदेशको कमाई दीगो हुने बताए । 

कार्यक्रममा नेपाल राष्ट्र बैक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान सबै बैक तथा वित्तीय संस्थाबाट प्राप्त हुने भन्दै त्यस्तो अनुदानलाई उपयोग गर्न स्आग्रह गरे । मर्जर एक्विजिशनका सम्बन्धमा बोल्दै उनले बै.क तथा वित्तीय संस्था मर्ज हुँदा लगानी गर्न सक्ने क्षमता बढ्ने भएकाले वित्तीय संस्थाको स्तरबृद्धिका लागि मर्जरको नीति ल्याईएको बताए । 

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले तानसेनदेखि बुटवलको बीच क्षेत्रका सर्बसाधारणका लागि निक्षेप संकलन र कर्जा प्रवाहमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक सहयोगी हुने विश्वास व्यक्त गरे । 

बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गाले मुनाफालाई मात्र नभई आर्थिक र उद्यमशिलता बिकासलाई बैंकले प्राथमिकतामा राखेको जनाए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved