ग्लोबल आइएमईको भिजा कार्डबाट अनलाइन सपिङ्ग गर्दा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 04:09:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले आफ्नो कार्डबाट अनलाइन सपिङ्गगर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अब कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । 

बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसललगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्न सकिने छ । 

बैंकको अन्तर्राष्ट्रिय भिजा क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ्ग तथा सपिङ्ग गर्दा लाग्ने शुल्क पनि छुट हुने भएको छ । बैंकले एक महिना भित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्ने व्यवस्था मिलाउने जनाएको छ । 

बैंकले हाल १३८ शाखा, १४८ एटिएम, ३० एक्सटेन्सन काउण्टर र १७६ शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved